हवाई यात्रुका लागि विमानस्थलका प्रिपेड ट्याक्सी घरमै उपलब्ध हुने

No Images Found

काठमाडौंः निषेधाज्ञाको अवधिमा जहाजबाट यात्रा गर्ने यात्रुहरूले विमानस्थल आउ जाउ गर्नका लागि प्रिपेड ट्याक्सी सेवा पाउने भएका छन्।

तर, यो सुविधा त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने छ । त्रिभुवन विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ ।

विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले वैधानिक हवाई टिकटरपासपोर्टरभिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने भएका छन् । यसका लागि सवारी साधनको सुविधा लिनु परेमा भने प्रिपेड ट्याक्सी बोलाउन सकिने भएको हो ।

कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ । फोन गरेर बोलाउनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि फरक फरक नम्बरमा फोन गर्नुपर्ने छ।

आन्तरिक हवाई यात्रुले ट्याक्सी बोलाउनका लागिस् ९८४१०७०६२३/९८४१२८१२७० र अन्तर्राष्ट्रिय तर्फका हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि ९८०३०५३३५१/९८०३१४६१२२/९८६००१५५१३ मा सम्पर्क गर्न सकिन्छ।

यस्तै, अफिस लागि ०१४४९९१५९/०१४४७४०१४ मा सम्पर्क गर्न सकिन्छ।