२४ घण्टामा ४,९२८ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

No Images Found

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५९७ जनाको पीसीआर परक्षण गर्दा ४ हजार ८३१ जनामा र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो। यी मध्य काठमाडौंमा १ हजार १२७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जनानयाँ संक्रमित थपिएका हुन् ।

यससँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ११७ पुगको छ। हालसम्म नेपालमा ३ लाख १७ हजार ५३० जनामा संक्रमण देखिएको छ।

यस्तै, एकैदिन ३५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ र भेन्टिलेटरमा १०७ जना रहेका छन् ।