इजराइलमा एक धार्मिक पर्वका बेला भागदौड मच्चिँदा दर्जनौंको मृत्यु

No Images Found

एजेन्सीः इजराइलमा एक धार्मिक पर्वका बेला भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ । सरकारले हालसम्म आँकडा जारी नगरेपनि एक स्थानीय पत्रिकाका अनुसार कम्तीमा ३८ जनाको मृत्यु भएको बताइएको छ ।

यो पर्व इजराइलमा कोरोना महामारी सुरु भएपछि भएको हालसम्मको सबैभन्दा ठूलो आयोजना थियो जसका लागि हजारौँ मानिस जम्मा भएका थिए ।

इजराइली राष्ट्रपति बिन्यामिन नेतन्याहूले यो घटनालाई ‘ठूलो विपद्’ बताउँदै हताहतीमा ज्यान गुमाउनेका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

इजराइलको राष्ट्रिय आपतकालीन सेवा मेगेन डेविड एडम (एमडीए)ले मृतकको संख्या नबताइकनै मानिसहरुको मृत्यु भएको बताएको छ ।

तर स्थानीय पत्रिका हारेत्जले कम्तीमा ४४ जनाको मृत्यु भएको बताएको छ ।