भारतीय टेलिभिजन पत्रकार रोहितको कोरोनाबाट मृत्यु

No Images Found

काठमाडौंः भारतीय टेलिभिजन च्यानल आज तकका चर्चित पत्रकार रोहित सरदानाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। उनी भारतको टेलिभिजन पत्रकारमा नाम चलेका पत्रकार मध्ये एक थिए।


नयाँ दिल्लीस्थित मेट्रो अस्पतालमा ४१ वर्षीय सर्दानाको शुक्रबा मृत्यु भएको हो। उनलाई २४ अप्रिलमा कोरोना संक्रमण पुष्टी भएको थियो।

सर्दानाले जी न्युजमा पनि काम गरेका थिए। उनी उक्त च्यानल छाडेर सन् २०१७ मा आज तकमा आबद्ध भएका थिए। उनले ‘दंगल’, ‘दस तक’ लगायत कार्यक्रमहरु चलाउँदै आएका थिए।

सर्दानालाई कोरोना संक्रमण रहेपनि मृत्यु भने हृदयघातका कारण भएको भारतीय सन्चालन माध्यमहरुले उल्लेख गरेका छन्।

मृतक सरदाना बिहीबारसम्म पनि आफ्नो ट्विटरमा सक्रिय देखिन्थे । उनले संक्रमित बिरामीका लागि औषधि तथा बेडका लागि अपिल गरिरहेका थिए।