दुई प्रहरी जवानलाई लागुऔषध कारोबारको आशंकामा पक्राउ

No Images Found

काठमाडौंः दुईजना प्रहरी जवानलाई लागुऔषध कारोबार गरेको आशंकामा पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना प्रहरीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । वृत जनसेवाको इन्टेलिजेन्स युनिटमा कार्यरत उनीहरु सादा पोसाकमा परिचालित हुन्थे । उनिहरुलाई काठमाडौंको डल्लुबाट पक्राउ गरिएको हो । नगारी र ओडबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिलिप चौधरीले बताएका छन् ।

कारोबारीबाट बरामद गरिएको डाइजेपाम, फेनारगन र नुर्फिन सहित १ सय ८६ एम्पुल लागुऔषध उनीहरुले दोस्रो कारोबारीलाई बेच्न खोजेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।