साताको पहिलो दिन बढ्यो सुनको भाउ

No Images Found

काठमाडौंः स्थानीय बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १०० रुपैयाँ बढेर प्रतितोला ९० हजार रुपैयाँ पुगेको हो ।

गत शुक्रबार छापावाल सुनको भाउ ८९ हजार ९०० रुपैयाँ तोकिएको थियो । सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ५०० रुपैयाँ रहेको छ ।

यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।