कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

No Images Found

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबार आएको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको शर्माले बताएका छन्।

सोमबार सामाजिक संजाल ट्वीटरमा आफूलाई लक्षणसहितको कोरोना देखिएको तर मनोवल उच्च राखेको बताएका छन्। चिकित्सकको निर्देशनअनुसार औषधि लिइरहेको समेत उनले जनाएका छन्।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिए। बिहानपख रिपोर्ट आयो पोजिटभ। टेुकका डा. मिब अनुप बास्तोलाको निर्देशन अनुरुपको औषधि सेवन सुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन् तर मनोल उच्च छ’, उनले ट्वीटमा लेखेका छन्।

साथै उनले सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।