प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

No Images Found

काठमाडौंः आज दिउँसो साँढे ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा देशवासीको नाममा सम्बोधन गर्न लागेको जानकारी दिएका छन् । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाईएको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै आजै दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक पनि बस्ने तय भएको छ । मन्त्रिपरिषद बैठकमा पनि कोभिड नियन्त्रण तथा रोकथामसम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ ।