बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारि गरियो

No Images Found

काठमाडौंः सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

स्रोतका अनुसार सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शेरचन र त्रिपाठी दुबै जना माओ‌वादी केन्द्रका पूर्वनेता हुन्। उनीहरूलाई तत्कालिन समयमा नेकपाको तर्फबाट प्रदेश प्रमुख नियुक्त गरिएको थियो।