सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढ्यो

No Images Found

काठमाडौंः नेपाली बजारमा सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ । आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ ।