उकालो लाग्दै सुन चाँदीको मुल्य

No Images Found

काठमाडौंः मंगलवार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । हिजो प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैँयाले बढेको हो ।

यो संगै आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुनको मूल्य ९० हजार १०० सय रपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला १३ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।