एकै दिन ७६६० संक्रमित थपिए, ५५ जनाको मृत्यु

No Images Found

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै ३८९३ जना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा २७७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६०१ संक्रमित फेला परेका हुन्। यो सँगै संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमित मात्र ५९ हजार ७ सय ९८ छन्।

गत २४ घण्टामा एक हजार ७ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख ५१ हजार ५ पुगेको छ।