भारतमा २४ घन्टामा साढे ३ लाख नयाँ संक्रमित थपिए, ३४४९ संक्रमितको मृत्यु

No Images Found

काठमाडौंः पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ५७ हजार २ सय २९ नयाँ कोभिड १९ का संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यस अवधिमा ३ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै २४ घन्टामा निको हुनेको संख्या पनि ३ लाख २० हजार २ सय ८९ रहेको छ। अहिलेसम्म भारतमा २ करोड २ लाख ८२ हजार ८ सय ३३ जनामा कोभिड १९ को संक्रमण रेकर्ड भएको छ। यीमध्ये १ करोड ६६ लाख १३ हजार २ सय ९२ जना निको भइसकेका छन्।

भारतमा कोरोना भाइरस संक्रमणबाट २ लाख २२ हजार ४ सय ८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिले ३४ लाख ४७ हजार १ सय ३३ जनामा सक्रिय केस देखिएको छ। भारतमा अहिलेसम्म १५ करोड ८९ लाख ३२ हजार ९ सय २१ जनामा कोभिड १९ विरुद्धको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।