एक दिनमा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८,६५९ मा संक्रमण पुष्टि

No Images Found

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

एकै दिन यति धेरै संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या नै ६६ हजार ३ सय ५२ पुगेको छ ।