काँग्रेस सभापति देउवा भेट्न प्रधानमन्त्री ओली पुगे बूढानीलकण्ठमा

No Images Found

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली आज काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

नेकपा एमाले अध्यक्षसमेत रहेका ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको हुन् । उनीहरुबीच छलफल जारी छ ।

मंगलबार साँझ काँग्रेसका देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । चार नेताहरु ओली विरुद्घ मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेको बुझिएको छ ।