सरकारले थाल्यो भारतबाट खोप ल्याउने प्रक्रिया

No Images Found

काठमाडौंः कोरोनाको प्रकोप बढिरहँदा सरकारले खोप ल्याउने प्रक्रिया सुरु गरेको छ ।

बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र मुख्यसचिव डा. शंकरदास मैनालीसहितको बैठक बसेर प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको उपप्रधानमन्त्री तथा कोभिड सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।

“सरकारले अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ । सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ । सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ,” पाण्डेले बताएका छन् ।