२४ घण्टामा २१३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

No Images Found

काठमाडौंः पछिल्लो २४ घण्टामा ९ वर्षसम्मका २१३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी ३०–३९ वर्ष उमेर समूहमा कोरोना संक्रम देखिएको छ । यो उमेर समूहमा २ हजार १०३ जनामा संक्रमण पुष्टि भएको छ ।

दोस्रोमा २०–२९ वर्ष समूहका २ हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम ९०–१०० वर्ष उमेरका ९ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । निको हुनेको संख्या २ लाख ८९ हजार ७८३ छ ।