उदयपुरमा बालिका बलात्कारको आरोपमा किशोर पक्राउ

No Images Found

काठमाडौंः प्रहरीले उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो ।

वैशाख १६ मा उनले बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।