एकै दिन ९०७० जनामा संक्रमण, ५४ जनाको मृत्यु

No Images Found

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । यसअघि बुधबार ५८ जनाको मृत्यु भएको थियो । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।