एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा निरौला

No Images Found

काठमाडौं नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलले निरौलालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

गत बैशाख १५ गते मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरे पश्चात रिक्त रहेको उक्त पदमा निरौलालाई नियुक्त गरिएको हो ।

नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मुख्यमन्त्री पौडेलले निरौलालाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । निरौलालाई गत १७ गते प्रमुख सचेतकमा नियुक्त गरेको भएपनि बागमती प्रदेश सभा सचिवालयमा भने जानकारी गराइएको थिएन ।

मुख्यमन्त्री पौडेलले आज बिहीबार मात्र बागमती प्रदेशसभा सचिवालयलाई निरौलालाई प्रमुख सचेतकमा नियुक्त गरेको बारे जानकारी गराएका हुन् ।