कोरोना संक्रमितलाई अस्पताल जान र बेडको समस्या परेमा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो तीन वटा सम्पर्क नम्बर

No Images Found

काठमाडौंः कोरोना संक्रमितलाई अस्पताल जाने र बेडको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा हटलाइन नम्बर र दुईवटा मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पछिल्लो सयम कोरोना संक्रमितले अस्पतालमा बेड नपाएको र अस्पताल जानै समस्या रहेका समाचार प्रकाशित भइरहँदा स्वास्थ्य मन्त्रालयले तीन वटा सम्पर्क नम्बर सार्वजनिक गरेको हो ।

कोरोना संक्रमितलाई अस्पताल जान परे वा बेड चाहिए हटलाइन नम्बर ११३३ र मोबाइल नम्बर ९८५१२५५८३९ र ९८५१२५५८३७ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

बुधबार रुपन्देही, बाँकेलगायत काठमाडौं उपत्यकाकै अस्पतालमा समेत बिरामीले अस्पतालमा भर्ना हुन नसकेको समाचार प्रकाशित भइरहदा स्वास्थ्य मन्त्रालयले भने ५८ प्रतिशत आईसीयू बेड खाली रहेको जनाएको छ ।

मन्त्रालयको दैनिक अद्यावधिक तथ्यांकअनुसार देशभर कोरोना संक्रमितका लागि छुट्याइएका १ हजार ४ सय २३ बेडमध्ये ६ सय र ५ सय ८३ भेन्टिलेटरमध्ये १ सय ५६ वटा बुधबार भरिएका छन् । भेन्टिलेटर ७३.२५ प्रतिशत खाली देखिएका हुन् ।