दोहोरो अंकले घट्यो नेप्से

No Images Found

काठमाडौंः साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ ।

यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट आएको छ ।

२ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ । सात कम्पनीको सेयर भाउ ९५ भन्दा माथि छ । आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंक र लक्ष्मी बैंकको पनि सबैभन्दा बढी सेयर कारोबार भएको छ ।