स्थायी कमिटी बैठक सकिए लगत्तै राष्ट्रपति भेट्न शीतलनिवास पुगे ओली

No Images Found

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएलगत्तै ओली शीतलनिवास पुगेका हुन् ।

पार्टीको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने गरी सबै दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको छ । आगामी वैशाख २७ गते विश्वासको मत लिने घोषणासँगै भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा राष्ट्रपति भेट्न शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।