कोरोना परीक्षणका लागि गरियो प्रधानमन्त्रीको स्वाब संकलन

No Images Found

काठमाडौंः शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

बालुवाटारमा शुक्रबार प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय तथा चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमा ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।