टिकटक बनाउदा भिरबाट लडेर मृत्यु

No Images Found

उदयपुरः उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर धरान-५ का १८ वर्षीय सुवास परियारको मृत्यु भएको हो।

धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।