राष्ट्रियसभाको उमेदवार बादललाई बनाउने एमालेको निर्णय

No Images Found

काठमाडौंः रामबहादुर थापा ‘बादल नै नेकपा (एमाले)को तर्फबाट राष्ट्रियसभा उपनिर्वाचनको उमेदवार बन्ने भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले बादललाई नै आउँदो जेठ ६ गतेको राष्ट्रियसभा उपनिर्वाचनमा उमेदवार बनाउने निर्णय गरेको हो ।

आजको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको कारबाहीको विषयमा भने कुनै निर्णय नगरेको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । ।

विपक्षी गठबन्धनले संघीयताविद् डा. खिमलाल देवकोटालाई उमेदवार बनाउने निर्णय गरेपछि उमेदवार बन्न बादल हच्चिएका थिए । देवकोटा नेपालनिकट हुन् । उनी वाग्मती प्रदेश योजना आयोगका उपाध्यक्षसमेत भइसकेका व्यक्तित्व हुन् । मतको आँकलनपछि मात्रै एमालेले उमेदवार तय गर्ने जनाएको थियो ।