शुक्रबार थपिए ९१९६ संक्रमित, ५० को मृत्यु

No Images Found

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै धेरै हो।

शुक्रबार स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो।

१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म ३ लाख ७७ हजार ६०३ जनामा कोरोना संक्रमण देखिएको हो।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २९०५ जना संक्रमणबाट निको भइसकेका छन्। योसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ छन्।

शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ गरी जम्मा उपत्यकामा ४ हजार १०६मा संक्रमण पुष्टि भएको हो।