अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

No Images Found

काठमाडौंः अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी छन् । ‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले अगाडि भनेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’

घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएकी बर्षाले आफु ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपेक्षा गरेकी छन् । बर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत आग्रह गरेकी छन् ।