आज प्रशान्त महासागरमा चिनियाँ रकेट खस्ने सम्भावना

No Images Found

एजेन्सीः चीनको ‘लङ मार्च हेभी–लिफ्ट क्यारियर रकेट’ आज प्रशान्त महासागरमा खस्ने सम्भावना रहेको अमेरिकी वायुसेनाले बताएको छ।

२१ टन वजनको उक्त रकेट अन्तरिक्षमा अनियन्त्रित भएको थियो। सट्र्याकडटओआरजीको अनुमानअनुसार, उक्त अन्तरिक्षयानको दोस्रो चरणले मे ९ आइतबार २.५२ जीएमटीमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेछ। यो क्षेत्र प्रशान्त महासागरको दक्षिणी भागस्थित न्युजिल्यान्डनजिक रहेको छ। यसअघि यो रकेट शनिबार अवतरित हुने बताइएको थियो।