दोहोरो अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार

No Images Found

काठमाडौैं : साताको कारोबारको पहिलो दिन आज नेप्से १८ अंकले ओरोलो लागेको छ । आज ०.७० प्रतिशत अर्थात १८.५६ अंकले घटेर २६ सय १८ दशमलव ५६ विन्दुमा रोकिएको हो ।

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि २.३१ प्रतिशतले घटेर ४७० दशमलव ७३ विन्दुमा झरेको छ । सबै उपसमुहको आज सुचक राताम्मे नै छन् । सबैभन्दा धेरै बैकिंङ समुहको ०.२ प्रतिशतले सुचक घटेको हो ।

नेप्से परिसुचक अनुसार आज २१९ कम्पनीको ७५ हजार ४६ पटक कारोबार भएर ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको छ ।