सुनको भाउ सामान्य बढ्दा चाँदीको भाउमा गिरावट

No Images Found

काठमाडौंः साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको हो।

सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको भाउ भने सामान्य घटेको छ। यसअघि प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।