१९ प्रहरी र ५६ थुनुवालाई कोरोना संक्रमण: प्रदेश २

No Images Found

काठमाडौंः प्रदेश २ मा अहिलेसम्म १९ जना प्रहरी र ५६ जना थुनुवा प्रभावित भएका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार कोरोना संक्रमणको दोस्रो लहरमा प्रदेशका ८ जिल्लामध्ये महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रहरी प्रमुख एवं डिआइजी धिरजप्रताप सिंहका अनुसार बारा जिल्लामा मात्र ६ जना प्रहरीमा कोरोना संक्रमण भएको पाइएको छ । त्यसगैरी पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २, सप्तरी, धनुषा र रौतहटमा एक/एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् ।

संक्रमित प्रहरीमध्ये पर्साका १ जनाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको जनाइएको छ भने बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरुको उपचार सम्बन्धित कार्यालयकै आइसोलेसनमा भईरहेको डिआइजी सिंहले बताएका छन् ।

त्यस्तै प्रदेश २ मा रहेका विभिन्न प्रहरी हिरासतमा रहेका ५६ जना थुनुवासमेत कोरोना संक्रमित भएका छन् । सबैभन्दा बढी पर्सा प्रहरी हिरासतमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै रौतहट हिरासतमा रहेका १०, धनुषामा ५ तथा महोत्तरी र सर्लाही प्रहरी हिरासतमा रहेका १/१ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।