ओलीलाई प्रचण्डको प्रश्न : यो सदन र यी सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ प्रधानमन्त्रीज्यू ?

No Images Found

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन तथा विकास र समृद्धिलाई तोड्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् । सोमवार जारी प्रतिनिधि सभाको बैठकमा प्रचण्डले पार्टीभित्रको आन्तरिक विवादले सिङ्गो देश र समाजलाई आक्रान्त हुने गरी सार्वभौम संसद्लाई प्रधानमन्त्री ओलीले विघटन गरेर आफ्नो दम्भ र अहङ्कार देखाएको टिप्पणी गरेका हुन् ।

निरङ्कुश र स्वेच्छाचारी तरिकाले संसद् विघटन गरेकाले विश्वासको मत दिन नसकिने प्रचण्डको भनाइ छ । उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कुरा पनि तर्क सङ्गत नभएको बताएका छन् ।

‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ उनले प्रश्न गरेका छन् । यस्तै बेला–बेलामा आफूलाई राष्ट्रिय समस्याका रूपमा चित्रित गरेको भन्दै राष्ट्रिय समस्या तपाईँ कि म ? भनेर समेत प्रश्नसमेत गरेका छन् ।