नेपाल पक्षले पदबाट तत्काल राजीनामा नदिने

No Images Found

काठमाडौं नेकपा एमालेको माधव कुमार नेपाल समूहले तत्काल राजीनामा नदिने निर्णय गरेको छ।

सोमबार बिहान नेपाल पक्षको सिंहदरबारमा बसेको बैठकमा तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।

केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि सो निर्णय गरेको थियो । तर पनि आजको प्रतिनिधिसभा बैठकमा भने अनुपस्थित हुने निर्णय गरेको छ।