प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

No Images Found

काठमाडौं : नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी केन्द्रको सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो ।

माओवादीका सांसद देवेन्द्र पौडेलका अनुसार माओवादी केन्द्र तर्फबाट अविश्वास प्रस्ताव दर्ताको तयारी छ । तर सदनमा प्रधानमन्त्रीको प्रस्तुतीलाई पनि हेर्ने बताएका छन् । नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने समेत बताएका छन् ।