भक्तपुरमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु

No Images Found

काठमाडौं : टिपरले स्कुटरलाई ठक्कर दिंदा भक्तपुरको सूर्यविनायकमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवाल रहेका छन् ।

आइतबार राति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका सुवालको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको छ ।

टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेको बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।