अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको मृत्यु

No Images Found

काठमाडौं : अस्पतालबाट डिस्चार्ज भएकै राति बर्दियामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको राजापुर–४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो ।

वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको र स्वास्थ्यमा सुधार आएपछि भेरी अस्पतालले वैशाख २७ गतेमात्रै होम आइसोलेसनमा बस्ने गरी उनलाई डिस्चार्ज गरिएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठका बताएका छन् ।