उपत्यकामा जेठ १३ गते सम्म निषेधाज्ञा थप, पसल बिहान १० बजे सम्म खोल्न पाइने

No Images Found

काठमाडौं : काठमाडौं उपत्यकामा जेठ १३ गते सम्म निषेधाज्ञा थप गरेकोछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपभोग्य वस्तुको पसल विहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो ।

आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी विहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ । अब यस्ता कार्य थोरै व्यक्तिको सहभागितामा घरमै भेला भएर गर्न पराजुलीले आग्रह गरेका छन् ।