बूढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक जारी

No Images Found

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी रहेको छ । बैठक दिउँसो करिब १५ः३५ मा बैठक सुरु भएको हो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाललगायतको सहभागी रहेको छ ।

नयाँ सरकारका विषयमा छलफल गर्न सभापति देउवाले सर्वदलीय बैठक स्थगित गरेर पदाधिकारी बैठक डाकेको बताइएको छ ।