मंगलबार नेपाली कांग्रेसले पदाधिकारी बैठक बस्दै

No Images Found

काठमाडौं : मंगलबार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । आफ्नै निवास बूढानीलकण्ठमा पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै राष्ट्रपति कार्यालयले बहुमतको सरकार गठनका लागि आह्वान गरेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् ।

यस सगै कांग्रेसले आफ्नो नेतृत्त्वमा सरकार गठनका लागि पहल गर्ने तयारी सुरु गरेको छ ।