अक्सिजन आपूर्ति कम भएपछि थप बिरामी भर्ना गर्न नसक्ने ग्राण्डी अस्पतालको घोषणा

No Images Found

काठमाडौं : धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर मात्र अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।

एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको छ ।