एकैदिन १६८ जनाको मृत्यु, थपिए ९३०५ नयाँ संक्रमित : सक्रिय संक्रमितको संख्या एक लाख बढी

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन्। यस अवधिमा २० हजार ३६२ जनाको पिसिआर परीक्षण र ४२४ जनाको एन्टिजेन परीक्षण भएको थियो।

आज थपिएकासहित सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६८ जनाको मृत्यु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित हालसम्म कोरोनाबाट ४ हजार २५२ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमण मुक्त भएका छन् ।