ट्याक्सी दुर्घटनामा चालकसहित दुईको मृत्यु, एक घाइते

No Images Found

काठमाडौं : बाग्लुङको ढोरपाटन नगरपालिका–५,प्याङखोलामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट ढोरपाटन नगरपालिकाको प्याङखोला जाँदै गरेको ध १ज ५२८ नम्बरको ट्याक्सी प्याङखोला घुम्तीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार,गए राती भएको उक्त दुर्घटनामा ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर बिक र चालक बडिगाड गाउँपालिका–५ का ढालबहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

ट्याक्सी चालक थापालाई उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा मृकत बिककी श्रीमती ३८ वर्षीया रतिकला बिकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।