राष्ट्रिय जनमोर्चाद्वारा सांसद कृष्ण थापालाई कारवाही

No Images Found

पोखरा : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै संसदीय दलको नेताको नेताबाट हटाएको छ ।

महासचिव मनोज भट्टद्वारा हस्ताक्षरित पत्रमा थापालाई तत्काल दलको नेताबाट हटाइ सो विवरणको पत्र सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको बताइएको छ ।

जनमोर्चाको संसदीय दलको बैठकले नयाँ सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयविरुद्धको काम कारवाहीमा थापा संलग्न रहेको बताएको छ ।