काठमाडौं महानगरपालिकाले बिहीबारदेखि स्वाब संकलन गर्दै

No Images Found

काठमाडौं : बिहीबारदेखि काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सुरु गरेको छ । लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि महानगरपालिकाले पाँचवटा केन्द्र तोकेर स्वाब संकलन गर्न सुरु गरेको हो ।

महानगरपालिकाले पहिलो लहरको कोरोना भाइरस संक्रमणको समयमा पनि कन्ट्याक्ट टे«सिङमा परेका र लक्षण देखिएकालाई निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेको थियो ।

दोस्रो लहरमा लक्षणसहितका संक्रमितको संख्या अत्याधिक वृद्धि भएको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर भएपनि पीसीआरका लागि स्वाब संकलन कार्यलाई पुनः सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले बताएका छन् ।