कोरोना संक्रमणबाट पत्रकार पौडेल र सञ्चारकर्मी रामादेवी यादवको एकसाथ निधन

No Images Found

काठमाडौं : नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य गणेश पौडेलको कारोना संक्रमणकाबाट निधन भएको छ । गत वैशाख १८ गते कोरोना संक्रमण देखिए लगत्तै पोखरास्थित गण्डकी मेडिकल कजेलमा भर्ना भई उपचारत रहेका पत्रकार पौडेलको उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनका श्रीमती र दुई छोरा छन् ।

पोखरा–३३ बागमारा निवासी पत्रकार पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । पोखरास्थित गण्डकी टेलिभिजनको स्थापनाकालदेखि काम गरेका पौडेलले पछिल्लो समय उक्त टेलिभिजनमा निर्देशकको जिम्मेवारी वहन गर्दै आएका थिए ।

यसैगरी रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनकी अध्यक्ष तथा सञ्चारकर्मी रामादेवी यादवको पनि कारोना संक्रमणकै कारण २९ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भई गौर अस्पतालमा उपचारत यादवको २८ गते उपचारको क्रममा निधन भएको हो । स्वर्गीय यादवका श्रीमान र चार छोरी रहेका छन् ।