देउवा निवास बूढानीलकण्ठमा पुगे प्रचण्ड

No Images Found

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूबुढानिलकण्ठस्थित देउवा निवास पुगेका छन्। भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागि छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा नेताहरुले भेट तीव्र पारेका छन्। त्यसै विषयमा दुई नेताबीच छलफल भइरहेको बताइएको छ ।

बिहानमात्रै देउवा निवासमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो पुगेका थिए । यसैबीच देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक राखेका छन्।

त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठस्थित एक व्यपारीको घरमा वार्ता भइरहेको छ ।