नेपालसहित चार नेतालाई ओलीले पठाए फुकुवा गरेको पत्र

No Images Found

काठमाडौं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चारजना नेताहरुलाई कारबाही फुकुवा गरेको पत्र पठाएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

एमालेले गत चैत १६ गते नेता नेपाल र रावललाई साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते भुसाल र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्य समेत नहुने गरि निलम्बन गर्ने निर्णय गरेको थियो ।