भारतमा थप ३ लाख ६२ हजारभन्दा बढीमा संक्रमण, ४१२० जनाको मृत्यु

No Images Found

एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजार ७२७ जनामा कोरोना संक्रमण देखिएको छ, भने एकैदिन ४ हजार १२० जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ लाख १० हजार ५२५ पुगेको छ।

संक्रमण बढ्दै जाँदा भारतमा कोरोनाविरुद्धको खोप दिने कार्यलाई पनि तीव्रता दिइएको छ। हाल १७ करोड ७२ लाख १४ हजार २५६ जनाले खोप लगाइसकेका छन्।

यस्तै, ३ लाख ५२ हजार १८१ जना संक्रमण मुक्त भएका छन्। पछिल्ला केही दिनदेखि दैनिक ३ लाखभन्दा बढी मानिस दैनिक निको भइरहेका छन् ।