कोरोनाबाट रुपन्देहीमा थप दुई जना मृत्यु

No Images Found

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत बुटवल(११ का ५० वर्षीय र सैनामैनाका ८५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

वैशाख २७ गते अस्पताल भर्ना भएका बुटवलका पुरुषको बिहीबार राति १०ः३४ बजे मृत्यु भएको हो भने २८ गते भर्ना भएका सैनामैनाका पुरुषको राति ११ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिएका छन् ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।